देश

विद्युत काटिदिएपछि नगरपालिका आक्रोशित, स्काभेटर तेर्साएर सवारी आवागमन ठप्प पार्याे

विद्युत काटिदिएपछि नगरपालिका आक्रोशित, स्काभेटर तेर्साएर सवारी आवागमन ठप्प पार्याे
nepal-bidhut-pradhikaranभदौ–१५ । नेपाल विद्युत प्राधिकरण जलेश्वर शाखाले जलेश्वर नगरपालिकाको लाईन काटेपछि नगरपालिकाले कार्यलयको दुवै गेटमा स्काभेटर तेर्साएर सवारी आवागमन ठप्प पारेको छ । त्यस्तै प्राधिकरणले विद्युत फल्ट भएर कतै दुर्घटना भएमा नगरपालिका जिम्मेवार हुनुपर्ने चेतावनी दिएको छ । २ लाख भन्दाबढी महसुल वक्यौता हुने विद्युत ग्राहकको लाईन काट्ने प्राधिकरणलाई माथिल्लो आदेश आए अनुसार अन्य ६ कार्यालयका साथै नगरपालिका कार्यालयको पनि लाईन काटिएको जनाएको छ । विद्युतकर्मीका अनुसार नगरपालिकामाथि १२ लाखबढी बक्यौता छ । कार्यालय नै भत्काउने धम्की दिँदै पूर्व र पश्चिम गेटमा डोजर तेर्साएको कारण प्राधिकरणको सवारी कार्यालय परिसरमै रहेको र कतै लाईन फल्ट भई दुर्घटना भए आफूहरु घटनास्थलमा पुग्न नसक्ने एक विद्युतका कर्मचारीले भने । ‘यस्तो अवस्थामा कतै घटना भएमा यसको सम्पूर्ण जवावदेही नगरपालिकाले लिनु पर्छ ।’ नगर प्रमुख माधवेन्द्र चौधरीले भने प्राधिकरणको जलेशवर शाखाले बाँकी वक्यौताको कुनै जानकारी र सूचना नै नदिई एक्कसी लाईन काटेको आरोप लगाए । चौधरीका अनुसार प्राधिकरणले नगरपालिकाको करिव १ विगाह जग्गा चर्चेवापत ०३९ सालदेखि अहिलेसम्म ४ करोड २४ लाख बक्यौता तिरेको छैन । ‘नगरपालिकाले बक्यौता बुझाउन विद्युत कार्यालयलाई पटकपटक ताकेता गरेका पत्रले फाईल नै भरिएको छ,’ चौधरीले प्रश्न उठाए, ‘विद्युत कार्यालय वर्षौदेखिको करोडौ बक्यौता न चुकाउने उल्टै जनताले प्रत्यक्ष सरोकार राख्ने कार्यालयको लाईन काटनु कहाँसम्मको न्यायसंगत हो ?’ प्राधिकरणको जलेश्वर शाखाका प्रमुख सूर्य नारायण मण्डलले भने आफू महोत्तरी बाहिर रहेको जनाउँदै घटनाबारे अनभिज्ञता प्रकट गरे ।

Jaleshwor Municipality Jalewshowr

विशेष