फुड

एउटा किचन जहाँ ७५ हजार मानिस दैनिक खाना खान्छन्

एउटा किचन जहाँ ७५ हजार मानिस दैनिक खाना खान्छन्

Kitchin

भदौ १६ र एकातिर विश्वको झन्डै ४० प्रतिशत मानिसलाई खाना नपुगेका खबर आइरहेका छन् भने अर्कातिर एउटा यस्तो किचन अहिले चर्चामा छ जसले दैनिक मानिसलाई निःशुल्क खाना बाँडिरहेको छ । भारतको अमृतसरस्थित स्वर्ण मन्दिर (गोल्डेन टेम्पल)को यो किचनमा दैनिक ७० देखि ७५ हजार मानिस खाना खान्छन् । विशेष अवसरमा त यो संख्या एक लाखभन्दा बढी पुग्छ ।

यो किचनमा दैनिक ७०–७५ हजार मानिसले खाना खान्छन् । विशेष अवसरमा त यो संख्या एक लाख पनि नाघ्छ । दैनिक यति धेरै मानिसका लागि खाना बनाउने यो किचनलाई विश्वकै सबैभन्दा ठूलो किचन दाबी गरिएको छ । यो किचनमा दैनिक १२ हजार किलो आटा, १३ हजार दाल, १५ हजार किलो चामल र दुई हजार किलो सागसब्जी पकाइन्छ । यो किचनमा दैनिक लगभग दुई लाखवटा रोटी बनाइएको हुन्छ । यहाँको रोटी मेकिङ मेसिनले एक घन्टामा २५ हजार रोटी बनाउन सक्छ । खीर बनाउनका लागि यहाँ दैनिक पाँच हजार लिटर दूध, एक हजार किलो चिनी र पाँँच सय किलो घिउ प्रयोग गरिन्छ । यी सबै खाना पकाउन यो ठाउँमा दैनिक एक हजारभन्दा धेरै एलपिजी ग्यास सिलिन्डर प्रयोग गरिन्छन् । साथै, पाँच हजार किलो दाउरा पनि यहाँ प्रयोग गरिन्छ । यो किचनमा खाना बनाउन चार सय ५० जना खटिएका हुन्छन् । त्यसबाहेक सयौँ स्वयंसेवकले पनि यहाँ काम गर्छन् । यो किचनमा प्रयोग गरिने कराई कतिसम्म ठूलो छ भने एकैपटक यसमा सात क्विन्टल दाल तथा खीर बन्न सक्छ । यो किचनमा दुईवटा डाइनिङ हल छन् । यी हलमा एकैपटकमा पाँच हजार मानिस बसेर खाना खान सक्छन् । यो किचनमा दुई ठाउँमा खाना पकाइन्छ र ती दुवै किचनमा २४सै घन्टा काम गरिन्छ । यो किचनमा दैनिक तीन लाखभन्दा धेरै भाँडा माझिन्छ । यो किचन गुरु नानकले सुरु गरेका हुन् । यसलाई गुरु अमरदासले अगाडि बढाएको मानिन्छ ।

Food of Nepal India Food

विशेष