समाज

बुबाका सम्बन्धमा यि तथ्य पढ्नुहोस्, कस्तो सन्तान हुं भन्ने आफैं मूल्यांकन गर्नुहोस्

बुबाका सम्बन्धमा यि तथ्य पढ्नुहोस्, कस्तो सन्तान हुं भन्ने आफैं मूल्यांकन गर्नुहोस्

सनातन विधिअनुसार १२ बर्ष गुरुकुलमा शिक्षादिक्षा लिएपछि अन्तिममा गरिने संस्कार भनेको दिक्षान्त हो । दिक्षान्तमा चेलो परमसत्यका रुपमा एउटा श्लोक भन्छन् जसको अंश यस्तो छ:

मातृ देवो भवः पितृ देवो भवः आचार्य देवो भवः

 माता, पिता र गुरु देवताजस्तै महान हुन्छन् । शास्त्रमा पिताका बारेमा धेरै कुरा भनिएको छ । जस मध्ये एउटा मार्मिक भनाइ छः नास्ति पितृ समंमः तिर्थमः । अर्थात मातापिताको सेवा गर्ने तिर्थस्थल धाइरहनै पर्दैन । मातापिताको सेवा गर्नु नै धर्म कमाउँनु हो । अहिले परिस्थिति फेरिएको देखिन्छ । जान्नेसुन्ने भएपछि मान्छे सात समुन्द्र धाउँछ । पैसा कमाउँछ । विन्दास खर्च गर्छ ।

तर, बुबाआमालाई सम्झनपनि सम्झदैन । औपचारिकरुपमा बुढाबुढीले के सोचे होलान् भनेर मन राख्नका लागि मात्रै सम्झने बानी धेरैको हुन्छ । तरुनी छोरी वा छोराले ‘मिस यू’ भनेर केटा वा केटीलाई दिनमा दर्जनौं फोन गर्दा मुस्किलले बुबाआमाको पालो आउँछ । केटा वा केटीका लागि मनपरी खर्च गर्नेले बुबाआमाको उपचार गर्दासमेत हिसाव गर्न थाल्दछ । यहींनेर हाम्रो संस्कार, सस्कृति र सन्तानधर्म भत्किएको छ । बुबाआमाले केही भने वचन लाईहाल्नेहरु टोलटोलमा देखिन्छन् । बुबालाई थर्काएर पुरुषार्थ प्रर्दशन गर्नेहरुले मर्यादा पुरुषोत्तम रामको कथा बुझ्न जरुरी छ । रामलाई मर्यादा पुरुष किन भनियो भन्ने धेरैलाई थाहा नहुनसक्छ । बुबाले बनबास जानु भनेपछि उनी कुनै सवाल जवाफ नगरी बनबास गएका थिए । बुबाको मर्यादा राखेकाले उनी मर्यादा पुरुष भएका हुन् । आज बुबाले सन्तानकै भलाइका लागि अर्ति दिँदासमेत अपाच्य हुँने स्थिति छ । शास्त्रमा भनिएको छः

सुनी जननी सोही सुतु वडभागी जो पितु मातु वचन अनुरागी ।

अर्थात जसले आमाबुबाको वचनको पालना गर्दछ ऊ सबैभन्दा भाग्यमानी हुन्छ । बुबाआमाको श्रद्धा गर्ने र उहाँहरुको हृदयलाई चोट नपुर्याउने व्यक्तिलाई घुमाइफिराइ लाभ भएकै हुन्छ । मानिस लाभका लागि बुबाआमाबाट टाढिन्छ । अन्तिममा उसले सबै गुमाइसकेको हुन्छ । भौतिकरुपमा बाध्यतावश टाढा हुनु एउटा हो । तर, जो सन्तान आमाबुबाबाट भावानात्मकरुपमा टाढा छ, उसलाई कुनै न कुनै रुपमा पश्चताप र पीडा आइलागेकै हुन्छ । आखिर उसले जे संस्कार सिकायो, त्यही संस्कार उसका सन्तानमा सर्ने हो । एक दिन बुबाआमा त हरेक नरनारी हुनैपर्छ । एउटा भनाइ बडो सान्र्दभिक लाग्छ । न बाप बडा न भैया सबसे बडा रुपैयाँ । बुबा र दाजुभाइ भन्दा रुपैयाँलाई देख्ने प्रवृत्ति जवरजस्त भएको छ । सम्पत्तिलाई सन्तुष्टिभन्दा माथि राखिएको छ । शास्त्रमा यस्तो प्रवृत्तिका बारेमा पनि उल्लेख गरिएको छ । सर्वम् द्रव्य प्रतिष्ठितमः अर्थात पैसा नै सबैभन्दा ठूलो ठान्ने सोच । यो अत्यन्त खतरनाक सोच हो । यसले पैसाका लागि जेपनि गर्ने प्रवृत्तिको विकास गरेको छ । पैसा भए सबै आउँछ भन्ने सोचको विकास परिवारले नै पैदा गरिदिन्छ ।

परिवारमा सानैदेखि सन्तानलाई पैसाभन्दा ज्ञान ठुलो भन्ने बोध गराउँन आवश्यक छ । तपाईले पैसा ठूलो ठान्नुहुन्छ भने तपाईको सन्तानले पनि त्यसै ठान्छ । अन्तिममा बुबाआमा भन्दा ठूलो पैसै हुन्छ । त्यसपछि तपाई पछुताएर के हुन्छ र  ?

अहिलेको समस्या भनेको परिवारभित्रको विग्रह हो । हातमा स्मार्ट फोन छ तर परिवारका बीचमा संवाद छैन । व्यक्तिवादी सोच छ र परिवारको वेवास्ता छ । बुबा भोकै छ, छोरो क्याविनमा मस्ति गरिरहेको छ । किनभने हामीले छोराछोरीलाई महंगा मोबाइल, मोटरसाइकल दिऔं । भड्किला स्कुल कलेजमा पढायौं तर संस्कारमा ध्यान दिएनौं । यस्तो स्थिति सन्तानमा बुबा आमालाई बायोलोजिकल रिलेसन अर्थात जैविक सम्बन्ध मात्रै भएको व्यक्तिका रुपमा हेर्ने सोच पैदा हुनपुग्छ । त्यहाँ भावनात्मक सम्बन्धको विकास हुंन पाउँदैन ।

तपाईं सन्तान हो भने आज आफ्नो अनुहार आफैं हेर्नुहोस् । बुबाका लागि के गरेँ रु आफैंलाई प्रश्न गर्नुहोस् । आजको दिनमा पनि तपाई बुबाका लागि उपहार किन्न जाँदा दश पटक सोचेर लोभ गर्नुभएको छ भने तपाईं सन्तानमा त्यो सर्छ सर्छ । तपाईं बुबा हो भनेपनि एक पटक आफ्नो सन्तानलाई हेर्नुहोस । उसले वेवास्ता गरेको छ भने आफैंलाई प्रश्न गर्नुहोस्ः कस्तो संस्कार दिइएछ रु सुकदेव जस्तो गुणवान छोरो जन्माउँने चाहना सबैमा हुन्छ । तर, सुकदेबलाई सुकदेब बनाउनका लागि वेदव्यासजस्तो बाऊपनि चाहिन्छ ।

Father's Day

विशेष