मनोरञ्जन

गर्भवति भएँ भन्दैमा काम छोड्ने होइन — करिना

गर्भवति भएँ भन्दैमा काम छोड्ने होइन — करिना

Rekha

एजेन्सी — सामान्यत भारतमा कुनै पनि महिलालाई गर्भवती भएपछि वाहिर जान रोक लगाइन्छ । तर बलिउड अभिनेत्री करिना कपूर गर्भवती अवस्थामा पनि निरन्तर काममा लागि परिरहेकी छिन् ।

मुम्बइमा भएको एक इभेन्टमा करिनाले भारतिय मिडियासगँ भनिन्, ‘म एक कामकाजी महिला हुँ, जबसम्म रोल मिल्छ काम गरिरन्छु ।’ दिनमा काम गर्ने र रातमा आराम गर्नाले आफूलाई कुनै किसिमको तनाव नभएको करिनाको भनाइ छ । यदि कसैले करिनाको लागि रोलको प्रस्ताव राखेमा सहर्ष स्वीकार गर्ने र गर्भ अवस्थाले केहि फरक नपर्ने करिनाले स्पष्ट पारेकी छिन् ।

गर्भ रहेदेखि करिनालाई धेरैले अनुहारमा चमक आएको र कपाल पनि धेरै राम्रो भएको भनेपछि उनी प्रफुल्लित रहेकी छिन् । अहिलेसम्म गर्भ अवस्थाले उनको कामलाई असर नपारेको उनको भनाई छ ।

Karina Kapoor

विशेष