स्वास्थ्य

यस्ता छन् ‘ब्ल्याक टी’ का लाभदायक रहस्य

यस्ता छन् ‘ब्ल्याक टी’ का लाभदायक रहस्य

 कालो चिया विशेषगरि बिहानीको समयमा प्रिय मानिन्छ । धेरै नेपालीलाई ग्यास्ट्रिकको समस्या हुनाले कालो चिया अर्थात् ‘ब्ल्याक टी’ प्रिय छ । नेपालमा मात्र नभएर यो संसारभर उपभोग गरिन्छ । अदुवा, कागती, तुल्सी राखेर पनि ‘ब्लाक टी’ बनाउन सकिन्छ ।

कालो चियामा न्यून मात्रामा पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढीमात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि पाइन्छ । स्वस्थ्य व्यक्तिहरुका लागि कालो चियाका फाइदाहरु यस्ता छन् ।

मुटु जोगाउँछ — मुटु रोगीहरुले नियमित रुपमा कालो चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन मद्दत गर्छ । यसले गर्दा कालो चिया सेवन गर्नेहरुमा मुटुजन्य रोग लाग्ने सम्भावना कम हुन्छ ।

डाइरिया रोक्छ — कालो चियामा भएको क्षारीय गुणले पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ । त्यसैले डाइरियापीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ ।

दम नियन्त्रण गर्छ — तातो झोलपदार्थले दमका रोगीहरुलाई आराम दिन्छ । यसले उनीहरुलाई श्वासप्रश्वास राम्रोसंग गर्न सहयोग गर्छ ।

पाचन समस्या हटाउँछ — यसमा पाइने विभिन्न रसायनहरुले पाचन प्रणालीमा सकारात्मक असर गर्छन् । यसले पाचन प्रणालीमा भएका समस्या हटाउँन मद्दत गर्छ।

कोलेस्टेरोल घटाउँन मद्दत गर्छ — अमेरिकन हर्ट एशोसियसनले गरेको अनुसन्धानमा नियमित रुपमा कालो चिया सेवन गर्नेमा खराब कोलेस्टेरोल घटेको पाइएको थियो । यो खराब कोलेस्टेरोल हृदयाघातको मुख्य कारण मानिन्छ ।

स्तन क्यान्सर हुन दिँदैंन — ब्ल्याक या र ग्रिन जुन खालको चिया सेवन गरेपनि स्तन क्यान्सर हुनबाट बचाउँछ । चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ । यस्तै, कालो चियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ ।

मुखलाई स्वस्थ राख्छ — टी ट्रेड हेल्थ रिसर्च एशोसियसनको सहयोगमा गरिएको एक अध्ययनले ब्ल्याक टीले दाँतमा फोहोर निर्माण हुन दिँदैन र ब्याक्टेरिया उत्पादन रोक्छ । कालो चियामा पाइने पोलिफेनाइल तत्वले सडन हुन जिम्मेवार मानिएको ब्याक्टेरिया मार्छ । यसका साथै ब्ल्याक टीले मधुमेहको खतरा कम गर्छ, रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र तनाव कम गर्न मद्दत गर्छ ।

Black Tea

विशेष