समाज

किन खानुपर्छ व्रत बसेको बेलामा पानी ?

किन खानुपर्छ व्रत बसेको बेलामा पानी ?

Teej

भदौ १६ । नारीहरुको महान् चाड हरितालिका तीज नसिजकिएसँगै देश विदेशमा तीज कार्यक्रमका आयोजना बढ्दो छ । एक महिना अघिदेखि दर खाने प्रचलनले त नारीहरुलाई झनै प्रफुल्लित बनाइदिएको छ । तीजकाबेला पानी पनि नखाई व्रत बस्ने प्रचलन धेरै समयदेखि आएको हो । दिनभरी पानी समेत नखाई कठोर रुपमा व्रत बस्नले स्वास्थको लागि हानिकारक हुने चिकित्सकहरु बताउछन् ।

तीजलाई भव्य रुपमा मनाउने नाममा महिलाहरुले आफ्नो ज्यानको पनि पर्वाह नगरी व्रत बस्नु आफै समस्या निम्त्याउनु हो । यस्तो समयमा कति नारी मुर्छा पर्ने गर्दछन् । तीजको समयमा पानी किन खानुपर्छ भन्नेवारे चिकित्सकले दिएका सल्लाह सुझाव यस्ता छन् । मानव शरिरलाई दैनिक दुइ लिटर पानी चाहिन्छ । त्यसमा पनि व्रतको समयमा नाचगान र काम गरेको समयमा पसिनाको माध्यमबाट शरिरको लवण बढि खेर जाने हुनाले शरीरलाई अझ बढि पानी चाहिन्छ ।

पानी नखाँदा शरिरमा ग्लुकोजको मात्रा कम भई हाइपोग्लाइसेमिया र हिट सिन्कोपका हुन्छ । यही कारण महिलाहरु नाच्दा या मन्दिरमा लाइन बस्दा मुर्छा पर्ने गर्छन् । पानी नखाई व्रत बस्दा शरिरमा डिहाइड्रेसन हुन्छ । जसका कारण कमजोर भई नारीहरु मुर्छा पर्ने गर्दछन् । मधुमेह तथा पहिल्यैदेखि कमजोर र दीर्घराोग भएकाहरुले पानी नपिउनु भनेको जोखिमपूर्ण हो ।  चिकित्सकका अनुशार मुर्छा पर्ने नारीहरु सकेसम्म कष्ट गरेर व्रत नबसेकै राम्रो हुन्छ ।

Teej

विशेष