समाज
७० वर्षका वृद्ध १० वर्षे जेलमा
बिहिबार, १६ भदौ २०७३ गते प्रकाशित

भदाै - १६ । मानव बेचबिखनको मुद्दामा गुल्मीका एक वृद्ध १० वर्षका लागि कारागार चलान भएका छन्। यसरी कारागार चलान हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–१४ निवासी ७० वर्षीय धनबहादुर सुनार छन्।
विकलाई मानव बेचबिखनको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले ६ महिनाअघि रु ५० हजार बिगो जरिवानासहित १० वर्षका लागि कैद सजाय सुनाएको थियो।
अदालतको फैसलापछि फरार रहेका विकलाई विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको थियो। पक्राउ परेका विकलाई कैद भुक्तानीका लागि जिल्ला कारागार गुल्मीमा चलान गरिएको हो। - रासस
Gulmi
jel chalan