मनोरञ्जन

ओस्कार अवार्डकाे लागि ३ नेपाली फिल्मबीच प्रतिस्पर्धा

ओस्कार अवार्डकाे लागि ३ नेपाली फिल्मबीच प्रतिस्पर्धा

भदाै - १६ । आगमी फेब्रुअरी २८ मा अमेरिकामा हुन लागेको ओस्कार अवार्डको लागि तीन नेपाली फिल्मबीच प्रतिस्पर्धा सुरु भएको छ । अवार्डको यो वर्षको संस्करणको लागि नेपालबाट फिल्म मागिएको केहि हप्तापछि तीन फिल्मबीच प्रतिस्पर्धा सुरु भएको हो । छनाैट समितिले तीन फिल्मलाई अन्तिम प्रतिस्पर्धाको लागि छान्दै फिल्म हेर्न सुरु गरेको छ । तीन फिल्ममा कालो पोथि, पशुपति प्रसाद र को आफ्नो छनाैट भएका छन् ।

यी तीन फिल्ममध्ये उत्कृष्ट ठहरिएको एक फिल्मले ओस्कारमा नेपालीको प्रतिनिधित्व गर्नेछ । फिल्म कालाो पोथी विदेशमा सम्पन्न विभिन्न फिल्म फेस्टिभलमा उत्कृष्ट ठहरिएको थियो भने पशुपति प्रसादले राष्ट्रिय अवार्ड जित्न सफल भएको थियो । त्यस्तै को आफ्नाो पनि यहि प्रतिस्पर्धामा जुधिरहेको छ । यहि साता भित्र उक्त तीनमध्ये एक फिल्म छनाैट गरी ओस्कारको लागि पठाइने छ । हरेक वर्ष ओस्कारमा नेपाली फिल्मले नेपालको प्रतिनिधित्व गरेपनि कुनै अवार्ड भने हात पारेको छैन ।

chalchitra award Kalo Pothi

विशेष