मनोरञ्जन

रणबीर कपुर समलिंगी बन्न तयार

रणबीर कपुर समलिंगी बन्न तयार
भदौ – १६ । रणबीर कपुरले गेको भुमिकामा अभिनय गर्न पूर्ण रुपले तयार रहेको बताएका छन् । हालै फवाद खानले कपुर एन्ड सन्समा गे युवकको भुमिका निभायका थिए । उनको अभिनयलाई सबैले धेरै मनपराएका थिए । ranbir-kapoor-photos-2 रणबीरले भने ‘यदी पहिला यो अफर आएको भए मैले यसलाई स्वीकार गर्ने थिइन तर अव म पूर्णरुपले तयार छु ।’ यो भन्दा पहिला कपुर एन्ड सन्सको गे अभिनेताको लागि फरहाद अख्तरलाई प्रस्ताव गरिएको थियो तर उनले अस्वीकार गरेको खबर छ । भारतीय चलचित्रमा धेरै जसो समलिंगी अभिनयलाई सम्बेदनशीत तरिकाले प्रयोग नगर्ने आरोप लाग्ने गर्दछ । तर, पछिल्लो समय यो ट्रेन्डमा केही फरकपन आएको बताइन्छ । उनले उक्त कुरा भारतीय फेसन म्याग्जिनलाई बताएका थिए । उनले लिकभन्दा बाहिर आएर अभिनय गरेका आलिया भट्ट –उड्दा पन्जाव) र फवाद खान –कपुर एन्ड सन्स)को तारिफ गरे । यो बाहेक उनले मुन्नभाइ एमबीबीएसको सिक्वलमा सर्किटको अभिनय गर्ने इच्छा रहेको बताएका छन् । उनले यदी राजकुमार हिरानीले उनलाई अनुबन्धन गरे भने आफू अभिनय गर्न तयार रहेको बताए । आजभोली रणबीर आफ्नो नयाँ चलचित्र ए दिल है मुस्किललाई लिएर सञ्चार माध्यममा छाएका छन् । यस चलिचित्रमा उनी ऐश्वर्य राय र अनुष्का शर्माका साथमा रोमान्स गरेका देख्न सकिने छ ।

Ranbir Kapur

विशेष