राहदानी शुल्क घट्यो

भदौ - १६ । सरकारले मलेसिया तथा मध्यपूर्व एसियाका कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीलाई राहदानी शुल्क घटाएको छ ।
मन्त्रिपरिषद्को बिहिबारको बैठकले त्यस्तो निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि ती मुलुकमा रहेका नेपालीले राहदानी शुल्क ८० अमेरिकी डलर तिर्दै आएका थिए । त्यसलाई घटाएर ५० डलर कायम गरिएको हो ।
वैदेशिक रोजगारमा ती मुलुकमा रहेका नेपालीलाई आर्थिक बोझ कम होस् भन्ने अभिप्रायले परराष्ट्र मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले उक्त निर्णय गरेको सो मन्त्रालयले जनाएको छ । उक्त निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुनेछ । रासस
Nepali Passport
Passport
