जर्मनीको फुटबललाई न्युएरले नेतृत्व गर्ने
भदौ - १६ । बायर्न म्युनिकका गोलरक्षक म्यानुयल न्युएरलाई बिहीबार जर्मनीको फुटबलको कप्तान बनाइएको छ ।
विश्वकप २०१४ को उपाधि हाँसिल गराउन सफल बास्टिएन स्वाइन्सटाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिएपछि न्युएरलाई जर्मनीको फुटबलका कप्तानका रुपमा घोषणा गरिएको हो ।
जर्मनीको फुटबल समितिले ट्वीट गरी ३० वर्षे न्युएर सन् २०१८ मा हुने विश्वकपका लागि छनोट चरणको खेलमा जर्मनीको फुटबलको कप्तानी गर्ने छन् ।
उनको नेतृत्वमा जर्मनीले पहिलो खेल नर्वेको ओस्लोमा आइतबार हुने छनौट चरणको खेल हुनेछ । एएफपी
football
manuel-neuer
nepali football