देश

सवारी दुर्घटना गराए छ महिनासम्म निलम्बन

सवारी दुर्घटना गराए छ महिनासम्म निलम्बन
भदौ - १६ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरण कार्ययोजनालाई सरकारले प्राथमिकता दिएको बताएका छन्।  Ramesh Lekhak नेपाल प्रेस युनियन कैलालीद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सवारी दुर्घटना गराउने चालकलाई कानुनमा नै सवारी ‘रुट परमिट’ तथा सवारी चालक अनुमतिपत्र छ महिनासम्म निलम्बन गर्ने व्यवस्था गर्न लागिएको बताए। मन्त्री लेखकले आजै निर्माणाधीन पूर्वपश्चिम हुलाकी राजमार्गको अनुगमन गर्दै राजमार्ग निर्माणलाई चाँडै अघि बढाउन पहल गर्ने आश्वासन दिए । अर्काे प्रसङ्गमा उनले मधेसी, आदिवासी, जनजाति र थारु समुदायले उठाएका माग सम्बोधन गर्न संविधान संशोधन गर्न लागिएको जानकारी दिए। रासस

Ramesh Lekhak

विशेष