नेपालको यस्तो जिल्ला जहाँ डाक्टरले बिरामीलाई थप्पड लगाउँछन्
भदौ १७ । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज सप्तरीमा बिहीबार तनाव भएको छ । त्यहाँ कार्यरत डा. दीपा यादवले झुटकी ७ की रुक्मिणीदेवी यादवलाई प्रसूति गराउन नमानेपछि तनाव भएको हो । गर्भवती भएको बेला आफ्नो निजी क्लिनीकमा जाँच नगराएको भन्दै डा. दीपाले प्रसूति नगराएको रुक्मिणीका आफन्तले आरोप लगाए । यस्तौ पेट दुखेको बिरामी लिएर भारतबाट आएकी एक महिलालाई पनि डाक्टरले थप्पड हानेपछि दिनभर अस्पताल परिसरमा तनाव भएको थियो । –कान्तिपुर दैनिकबाट