मेस्सी फर्किए राष्ट्रिय टिममा र, जिताए आफ्नो टिमलाई

भदौ १७ सन्यासको घोषणा गरेका अर्जेन्टिनाका खेलाडी लिओनल मेस्सी फेरि अर्जेन्टिनाको जर्सीमा मैदान फर्किएका छन् र टिमलाई जित दिलाएका छन् । शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाले मेस्सीकै गोलको मदतमा बलियो टोली उरुग्वेमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले ४३ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो ।
पहिलो हाफको अन्तिम मिनेटमा अर्जेन्टिना १० खेलाडीमा सिमित भयो । उसका डाइबालाले रातो कार्ड पाए । उरुग्वेले यसको फाइदा उठाउन भने सकेन । लुइस स्वरेज र काभानीले गोलको प्रयास गरेपनि सफल भएनन् ।
Argentina Football Team