खेल ताजा खबर

ब्राजिलले इक्वेडरलाई ३–० ले हरायो

ब्राजिलले इक्वेडरलाई ३–० ले हरायो

Brazil

भदौ १७ । ब्राजिलले विश्वकप छनौट फुटबलमा इक्वेडरलाई पराजित गरेको छ । शुक्रबार विहान भएको खेलमा ब्राजिलले इक्वेडरलाई ३–० गोल अन्तरले हराएको हो । इक्वेडरको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ७२ औं मिनेटमा ब्राजिलले पेनाल्टी पायो भने घरेलु टोलीका कार्लोस पारेडेसले रातो कार्ड पाए । ब्राजिलका नेयमारले पेनाल्टीमा गोल गरे । ८७ औं मिनेटमा जेसिसले ब्राजिलको अग्रता दोब्बर पारे । खेल सकिनै लाग्दा जेसिसले दोस्रो गोल गरेपछि ब्राजिल ३–० ले विजयी भयो ।

Brazil Vs equador football

विशेष