मनोरञ्जन

सेक्सी बनाउने योगी ?

सेक्सी बनाउने योगी ?

राजेश हमालले नारी चरित्रको निर्वाह गरेको चलचित्र ‘शकुन्तला’ गत शुक्रबारनै प्रदर्शनमा आएको छ ।

एउटी सुन्दरीले उक्त चलचित्रमा हमाललाई सेक्सी देखाउन आफुले प्रसस्त मेहनत गरेको खुलाशा गरेकी छिन् । र उनी हुन मोडल तथा फेसन डिजाइनर नम्रता योगी । नम्रताले ‘शकुन्तला’ मा हमालले नारी पात्रका रुपमा लगाने ड्रेस डिजाइन गर्दे उनलाई सकेसम्म सेक्सी बनाउने जिम्मेवारी बहन गरेकी थिइन ।

संयोग पनि कस्तो छ भने यतिबेला तिनै नम्रता एउता नयाँ चलचित्रमा आफै पनि सेक्सी भूमिकामा प्रस्तुत हुने भएकी छन् र उमाबेबीले निर्माण गर्न लागेको शीर्षक राख्न बाँकी रहेको चलचित्रमा आफू सेक्सी तथा बोल्ड भूमिकिामा प्रस्तुत हुन लागेको नम्रताको दाबी छ ।

थुप्रै विज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गरिसेकी नम्रता आगामी दिनमा डिजाइनरका रुपमा अघि बढ्ने हुन् वा नायिकाको भूमिकामा । त्यो त समयले बताउने नै छ ।

Namrata Yogi

विशेष