खेल
'सेलेब्रेसन' गर्दा रातो कार्ड पाएपछि
शुक्रबार, १७ भदौ २०७३ गते प्रकाशित

भदौ - १७ । खेलाडीहरुले मैदानमा विपक्षीलाई फल गरे वा खराब व्यवहार देखाएको खण्डमा सजायस्वरुप पहेँलो वा रातो कार्ड पाउँछन् ।
गोल गरेपछि सेलेब्रेसन गर्दा पनि रातो कार्ड पाएको सुन्दा भने तपाईंलाई अचम्म लाग्ला। तर स्वीडेनको थर्ड टायर अन्तर्गत भएको खेलमा गोल गरेर सेलेब्रेसन गर्ने क्रममा एक खेलाडीले रातो कार्डको सामना गर्नुपर्यो ।
नोर्बी आइएसका लागि व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक गरेपछि डिफेन्डर मेदी ड्रेसेभिक खुसीयाली मनाउँदै खाली दर्शकदीर्घामा गएर आफैं ताली बजाउन थाले ।
त्यसपछि रेफ्रीले रातो कार्ड देखाउँदै उनलाई मैदानबाहिर पठाएका हुन् । मेदीलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका भने होइनन् । उनले पहिल्यै पहेँलो कार्ड पाइसकेका थियो । गोलको सेलेब्रेसन गर्दा दोस्रो पहेँलो कार्डको सामना गरेपछि उनले रातो कार्डको सामना गरेका हुन् । २४ वर्षे डिफेन्डरले अब नोर्वी आइएफको लागि अर्को खेल खेल्न नपाउने भएका छन् ।
Game
red card