मनोरञ्जन

कुकुर रुनुका रहस्य यस्ता छन्

कुकुर रुनुका रहस्य यस्ता छन्

हामी प्राय: कुकुर विरालो रोएको राम्रो मान्दैनौँ । यिनिहरु रोएमा तथा कराएमा आउदो दिनमा अशुभ घट्ना घट्ने भन्नेमा हामी विश्वास गर्ने गर्दछौँ । त्यसैले कुनै कुकुर तथा विरालो रोएको आवाज आएमा हामी तिनिहरुलाई पिटेर धपाउने गर्दछौँ । के तपाइले कहिले सोच्नु भएको छ आखिर कुकुरहरु किन ठूला स्वरले भुक्ने तथा रुने गर्दछन् । वास्तवमा कुकुर भुक्नु वा रुनु उनीहरु एक अर्कामा सन्देश आदानप्रदान गर्नु हो । कुकुर रुनाका कारणहरु यस्ता छन्

दुखका कारण कुकुर प्राय चोट तथा दर्द लागेर रुने गर्दछ । यसका साथै कुकुरहरु आउदो दिनको आपतविपत् तथा कष्टको सङ्केत मानिसलाई दिन रुने गर्दछन् ।

एक्लै रहन मन नगरेर

कुकुरलाई मानिसको साथमा बस्न मनपर्छ । चाहे त्यो घरको होस वा भुस्याहा उसलाई घरमा होस् या बाटोमा एक्लै छोडिदिएमा ऊ एक्लै बसेको पीरले रुने कराउने गर्दछ ।

अर्काे कुकुरलाई सङ्केत दिन

जब कुनै कुकुर आफ्नो साथीलाई आफू बसेको स्थानको सङ्केत दिन तथा खोज्न चाहेमा त्यो ठूलो स्वरले रुने तथा कराएर सन्देश छोड्ने गर्दछ र उसको साथीले पनि भुकेर तथा रोएर जवाफ दिने गर्दछ ।

इलाकामा हक जमाउन

जुनसुकै कुकुरको पनि आफ्नो निश्चित क्षेत्र तथा इलाका हुने गर्दछ । यि कुकुरहरु आफ्नो इलाकाको रक्षा गरिरहेका हुन्छन् । तसर्थ कुकुरहरु पनि एउटा इलाकाको कुकुरलाई अर्काे इलाकामा आउन नदिन तथा उसलाई चेतावनी दिन कुकुर ठुलो स्वरले रोएर तथा भुकेर आफ्नो साथीहरुलाई सन्देश प्रदान गर्ने गर्दछ ।

रिसको झोकमा

कुकुरहरु ठूलो स्वरमा भुक्ने गर्दछन मूलत यिनीहरु धेरै रिसालु भएका कारण आफ्नो रिस कम गर्न ठुलो स्वरले भुक्ने तथा रुने गर्दछन् । आउँदो दिनमा हुने विपतिको सङ्केत दिन कुकुर विरालो एवम् जुनसुकै जनावर होस् यिनिहरुलाई ईश्वरले एक खास शक्ति दिएका हुन्छन् जसले यि जनावरहरु आउने आपतविपत तथा सङ्कटको सङ्केत यिनिहरुले दिने गर्दछन् । यदि कुनै न कुनै जनावर चाहे त्यो कुकुर होस् या विरालो तिनिहरु विनाकारण कराएमा तथा रोएमा कुनै न कुनै सङ्कट आउन सक्छ ।

dog kukur runuka karan

विशेष