
भदौ – १७ । सिंहदरबार परिसरभित्र अनुशासन र आचरण विपरित तास खेल्दै गरेको अवस्थामा भेटिएका कर्मचारीलाई सरकारले कारवाही गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीले सिंहदबार हाताभित्र तास खेलेको समाचार मिडियामा आएकोप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
यस घटनाको सत्य तथ्य बुझेर कार्यालयभित्र अनुशासन र आचारण विपरित कार्यमा संलग्न कर्मचारीलाई कानुन बमोजिम कारवाही गरिने बताएको छ । त्यस्तै यसको सत्यता परीक्षण गर्नका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
बिहीबार सिंहदबारका कर्मचारीहरु मयर्दा विपरित कार्यस्थलमै तास खेलिरहेको अवस्थामा भेटिएका थिए । कर्मचारी तास खेलेको भिडियो अहिले साामाजिक संजालहरुमा भाइरल बनेको छ ।
भिडियो
https://youtu.be/TDr2UhcTwUQ
Karmachari Tass kheldai
Playing Card on duty
Singh Darbar
Singh Darbarma Tass Kheldai Karmachari