खेल

डायमन्ड एकेडेमी र त्रिभुवन आर्मी महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा

डायमन्ड एकेडेमी र त्रिभुवन आर्मी महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा
valiwal भदौ - १७ । डायमन्ड एकेडेमी र त्रिभुवन आर्मी क्लब नवआदर्श सामुदायिक विकास समाजलको आयोजना गरेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । शुक्रबार लामाचौरमा भएको खेलमा साविक विजेता डायमन्डले आर्मीलाई २५,११,२५, १७ र २५, १५ ले हराउँदै अन्तिम चारमा पुगेको हो। यसैगरी आर्मी पराजित भए पनि समूह कको उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो। समूह कमा नेपाल पुलिस क्लब प्रतियोगिताको अन्तिम समयमा नआउने निर्णय गरेका कारण डायमन्ड र आर्मीले प्रतिस्पर्धा गरेको थिए। यसैगरी अर्को खेलमा एपिएफले मध्यपश्चिमको श्रीगाउको टोलीलाई २५, ९, २५, १० र २५, १२ ले हरायो। शुक्रबार अन्तिम खेल भने वर्षाका कारण सकेन। एपिएफले पश्चिममाञ्चल विरुद्धको खेलमा २–० ले अग्रता लिइरहेको बेला वर्षाले खेल रोकिएको थियो। शनिबार बिहान पहिलो खेलमा एपिएफ र पश्चिमाञ्चलले खेल्नेछन्। हरितालिका तीज महोत्सव–२०७३ का अवसरमा सञ्चालन हुने प्रतियोगिताको न्यु डायमण्डले उपाधिमा ह्याट्रिक गरिसकेको छ। डायमन्डका प्रशिक्षक कुमार राईले सुरुआत खेलमा टोलीले आफ्नो स्वाभाविक खेल देखाउन नसकेको बताए। उनले भने, ’हामीले सहज रुपमा लियो आजको खेलमा। सर्भर बाहेक अन्यमा राम्रो प्रदर्शन भएन।’ प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ। तेस्रोलाई २० हजार र सान्त्वनालाई १५ हजार दिइनेछ। विधागतरुपमा बेष्ट प्लेयर, क्वीकर, लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र कोचलाई उपाधि दिइनेछ। भलिबल हेर्न झण्डै ४ हजार दर्शक अट्ने कृत्रिम प्याराफिट तयार पारिएको खेल संयोजक सुशीलकुमार श्रेष्ठले जनाए।

new diamond tribhuban army

विशेष