किन अाउँछ डकार ? यस्ता छन् कारण
भदाै - १७ । डकार आउनु कुनै समस्या होइन र रोगपनि होइन । सामान्य अवस्थामा पनि हाम्रो शरीरमा दिनमा ४-५ लिटर ग्याँस बनिरहेको हुन्छ । हामी बोल्दाबोल्दै पनि अन्ननलीभित्र ग्याँस गइरहेको हुन्छ । थुक निल्दापनि ग्याँस गइरहेको हुन्छ । साथै खाना पचाउने क्रममा पनि मिथेन, कार्वनडाइअक्साईड लगायतका ग्याँस निस्कन्छ ।
कतिपय ग्याँस मलद्वारबाट निस्कासन हुन्छ । केही ग्याँस हामीलाई थाहा नै नभई अन्ननलीबाट मुख हुदै निस्कासन भएको हुन्छ । तर कतिपयले ग्याँस गएको बढी थाहा भएर ढ्याउ–ढ्याउ भएको अनुभव गर्छन् । कुनै–कुनै रोगका कारण पनि बढी ग्याँस उत्पादन हुन्छ । दुध वा दुधजन्य परिकार खाएमा पचाउन नसक्दा बढी ग्यास आउने हुन्छ । डकार आउनु सामान्य प्रक्रिया हो भने कतिपय अवस्था यो रोगको लक्षण पनि हुनसक्छ ।
पाचन प्रक्रियाका क्रममा आमासयदेखि सानो आन्द्रा, ठूलो आन्दामा समेत ग्याँस बन्छ । सानो आन्द्राले समेत पचाउन नसकेका खाद्यान्न ठूलो आन्द्राले पचाउन खोज्ने क्रममा त्यहाँ बढी ग्यास बन्छ र तल्लो भागबाट जान्छ । तर खाना पचाउने क्रममा बढी ग्याँस भने सानो आन्द्रामा नै बनेको हुन्छ । सागपात लगायतका खानेकुरा भने सहजै नपच्ने भएकाले ठूलो आन्द्रामा पचाउने प्रयास हुन्छ । त्यसक्रममै ग्याँस बन्छ । डकार जस्तै ग्याँस पनि कतिपय अवस्थामा सामान्य प्रक्रिया हो भने कतिपय अवस्थामा पेटसम्बन्धी रोगको लक्षण पनि हुनसक्छ ।
dakar
kina aauxa