मनोरञ्जन

सावित्रीमा यस्तो देखियो केकी अधिकारीको अभिनय (भिडियोसहित)

सावित्रीमा यस्तो देखियो केकी अधिकारीको अभिनय (भिडियोसहित)
Keki-Adhikariभदाै - १७ । सावित्री केकी अधिकारीले अभिनय गरेको छोटो चलचित्र हो सावित्री । कथाकार भवानी भिक्षुको कथा ‘द टाइपिस्ट’ मा आधारित सावित्रीले मध्यमवर्गीय परिवारको परिवेशलाई जस्ताको तस्तै प्रस्तुत गरेको छ । केकीको अभिनयलाई मन पराउनेले यो छोटो चलचित्र नहेर्दा धेरै कुरा छुटाउन सक्छन् । केकीको अभिनयसँगै छोटो चलचित्र सावित्री अन्य दृष्टिकोणले पनि राम्रो बनेको छ । सावित्रीको मनोदशा मार्फत निर्देशक सुजित बिडारी मनोबैज्ञानिक कथानक प्रस्तुत गर्न सफल भएका छन् । सुमन निधि शर्माले कलात्मक तरिकाले या चलचित्रको छायाकन गरेका छन् । त्यस्तै चलचित्र सावित्रीमा दृश्य र ध्वनी संयोजनको हिसाबले पनि उतिकै उत्कृष्ट देखिन्छ । सावित्रीमा केकीसँगै, मञ्जु देवकोटा, दिपेश भण्डारी, राज शर्मालगायत कलाकारको अभिनय देख्न सकिन्छ । तीन वर्ष अघिको एकादेशमा फिल्म फेस्टिवलमा उत्कृष्ट चलचित्रको पुरस्कार पाएको सावित्री अहिले यु ट्युवमार्फत सार्वजनिक गरिएको छ ।

Keki Adhikari sabitri

विशेष