मनोरञ्जन

एक्सन स्टार ज्याकी चान ओस्कार अवार्डबाट सम्मान गरिने

एक्सन स्टार ज्याकी चान ओस्कार अवार्डबाट सम्मान गरिने
भदौ – १७ । चिनियाँ मुलका हङ्कङ्बासी एक्सन स्टार ज्याकी चानलाई मानार्थ ओस्कार अवार्डबाट सम्मान गरिने भएको छ । अकाडेमी अफ मोसन पिक्सर आर्ट्स एण्ड साइन्सेसले सिने क्षेत्रमा प्राप्त गरेको असाधारण सफलताका लागि चानलाई मानार्थ ओस्कारबाट सम्मान गर्न लागिएको हो । jackie-chan_ अकाडेमीले आगामी नोभेम्बर १२ मा चानसहित बेलायती सम्पादक एन्ने वि कोट्स, कास्टिङ्ग डिरेक्टर लिन स्टलमास्टर र बृत्तचित्र निर्माता फ्रेडरिक वाइजम्यानलाई पनि मानार्थ ओस्कारबाट सम्मान गर्ने जनाएको छ । आफ्नो जीवनको चार दशक सिने जगतमा सक्रिय रहि चानले दर्शकलाई निरन्तर मनोरञ्जन प्रदान गर्न सफल भएको अकाडेमीको भनाई छ । ६२ वर्षका ले पुलिस स्टोरी, आर्मर अफ गड, लगायत हङकङबाट बनेका मार्सल आर्ट सम्बन्धित दर्जनौँ फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् । कङफु पाण्डा, रस आवर फ्रांकाइस, रम्बल इन द बक्स लगायत फिल्मबाट उनले अन्तराष्ट्रिय सफलता हात पारेको थियो ।

jackie Chan Oscar Award

विशेष