यस्तो छ भारतले बनाएको नक्कली कपिलवस्तु (भिडियोसहित)
[embed]https://youtu.be/4_pLMMa2Bu8[/embed]
लुम्बिनीबाट दक्षिणतर्फ २९ किलोमिटर यात्रा गरेपछि अजगडिया भन्ने ठाउँ आउँछ । मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेको नेपालको यो गाऊँ कटेपछि भारतको सीमा क्षेत्र आइपुग्छ । भारतीय नाकामा सानो बजार छ । त्यसपछि खाशै घरछैनन् । फाँटको बीचमा बनेको बाटो हुँदै झण्डै ४ किलोमिटर पार गरेपछि कथा पूरै बदलिन्छ । इतिहास मेट्ने गरी भारतले संग्रालय बनाएको छ । जुन संग्रालयको नाम राखिएको छः कपिलवस्तु संग्रालय । यही संग्रालयमार्फत भारतले गौतम बुद्धका बारेमा भ्रम फैलाइरहेको छ । यो संग्रालयका अनुसार भारतको यही भुमी नै गौतम बुद्धका पिता शुद्धोधनको दरबार रहेको ठाऊँ हो । यहीबाट ३३ किलो मिटर पर (नेपाल भन्ने उल्लेख छैन) गौतम बुद्ध जन्मेका हुन् भन्ने विवरण उल्लेख गरिएको छ । संग्रालयमा ‘बुद्धकालिन विभिन्न वस्तु’ राखिएको छ । संग्रालयको भ्रमण गर्ने जो कोहीलाई गौतम बुद्ध भारतमै जन्मेका हुन् भन्ने परिहाल्छ किनकी यहाँ बर्णन नै त्यसरी गरिएको छ । बुद्धसँग सम्बन्धित विभिन्न अवशेष फेला परेको भन्दै भारतले ‘नक्कली’ कपिलवस्तुमा बिशाल संग्रालय स्थापना गरेको छ । जहाँ लेखिएको छ, ‘गौतम बुद्धको पावनस्थल कपिलवस्तु जिल्लाको सिदार्थनगर पिपरहवा’ । छ सय करोडको लगानीमा भारतले संग्रालयको नजिकै सिद्धार्थ विश्वविद्यालय बनाएको छ । विशाल अपार्टमेन्ट झैं लाग्ने यो विश्वविद्यालयमा पठनपाठन भइरहेको छ । भारतीय पक्षले ठाऊँको नाम नै परिवर्तन गरेको छ । पहिले पिपरहवा भनेर सबै भुभागलाई बुझिन्थ्यो । पछि पिपरहवालाई टुक्राएर सिद्धार्थनगर र पिपरहवा बनाइएको हो । स्थानीय एक भारतीयले भने, ‘ यो ठाउँमा ३०/३५ वर्ष पहिले भग्नावशेष थिएन । त्यस्तो पुरानो स्मारक पनि केही थिएन । पछि एकाएक भग्नावशेष देखियो । कसरि उत्पन्न भयो थाहा भएन ।’ गौतम बुद्धका पिता शुद्धोधन भारतको कपिलवस्तु गणराज्यको प्रमुख भएको संग्रालयका भित्तामा र भिडियोमा उल्लेख गरिएको छ । संग्रालयमा बुद्धका जीवनसँग सम्बन्धित विभिन्न दृश्य तथा पिपरहवा तथा गनवरियाबाट उत्खनन गरेको विभिन्न आकृतीको धातु राखिएको छ । गौतम बुद्धको जीबन लीलासँग सम्बन्धित संग्रालयमा बुद्धको जन्मभुमी नेपालको नाम भने कतै उल्लेख छैन ।
यसरी बंग्याइएको छ इतिहास इतिहासप्रति जानकारी राख्नेले कपिलवस्तुको प्राचिनताबारे नसोध्ने कुरै भएन । यसको सहज जवाफ पनि हुँदैन । इतिहाससँग सम्बन्धित प्रश्नलाई मोड्नका लागि भिन्दै कथा रचिएको छ । शुद्धोधनको परिवारसँग रहेको परम्परागत दुस्मनीको बदला लिनका लागि कोसल नरेश प्रसेनजितका छोरा विडुडभले कपिलबस्तुको इतिहास मेटाइदिएको उल्लेख छ । इस्वी सम्वत पूर्व छैठौं सताब्धीमा प्रसेनजितले इतिहास मेटाएको भारतीय पक्षको दावी छ । भारतले आफ्नो क्षेत्रमा निर्मित कपिलवस्तुलाई शुद्धोधनकै दरबार पुष्टि गर्नका लागि विभिन्न दावी पेश गरेको छ । चीनका यात्री फाहियानले सो स्थानको भ्रमण गरेको र उनको भ्रमणताका १० भिक्षु परिवार सो ठाउँमा बसेको उल्लेख गरिएको छ । संग्रालय पुग्ने सबैलाई एउटा पुस्तिका दिइन्छ । जसको शीर्षक छ, ‘कपिलवस्तु भगवान बुद्ध की पावन भूमि’ । भारतीय पुरातत्व सर्वेक्षणद्वारा प्रकाशित सो पुस्तिकामा बुद्धको सबै जीबनलीला भारतसँग नै सम्बन्धित रहेको दाबी गरिएको छ । संग्रालय छेवैका पिपरहवा र गनवरिया भन्ने दुई ठाऊँबाट बुद्धसँग सम्बन्धित विभिन्न वस्तु उत्खनन गरिएको दाबी भारतीय पक्षको छ ।
कस्तो देखिन्छ भारतको ‘कपिलवस्तु’ संग्रालयमा राखेको दृश्यहरु हेर्दा छैठौ शताब्दीको भनेर विस्वास गर्न कठीन हुन्छ । वस्तुहरु पछिबाट बनाइएको जस्तो लाग्दछ । भग्नावशेषमा प्रयोग भएका ईटा तथा अन्य सामग्री पनि प्राचिनकालिन लाग्दैन । कतैकतै सिमेन्ट पनि प्रयोग गरेको स्पस्ट देखिन्छ । भारतले पुरानै देखाउँन अनेक शैली प्रयोग गरिएको छ ।
ढाँटेको कुरा मरिकाटे मिल्दैन भारतले गौतम बुद्ध भारतमै जन्मेको भनेर विभिन्न तथ्य प्रस्तुत गर्न खोजेको छ । तर, उसको प्रयास सफल हुंन गाह्रो छ । नेपालकै विश्वविद्यालयमा समेत गौतम बुद्ध भारतमा जन्मिएका हुंन भनेर लेखिएको पुस्तक पढाइ हुन्थ्यो । अ हिष्ट्री अफ नलेज भन्ने पुस्तक त्रिभुवन विश्वविद्यालयबाट हटाउनका लागि विद्यार्थीहरुले आन्दोलन गरेका थिए । विद्यार्थीहरुको आन्दोलनपछि पुस्तक पाठ्यक्रमबाट हटाइएको थियो । गौतम बुद्ध वाज बर्न इन नेपाल भन्ने अभियान पछिल्लो समय चलिरहेको छ । पहिले नेपालीको पहुँच थिएन, भारतले विश्वजगतलाई ढाँटिरहेको थियो । अब त्यो सम्भव छैन । भारतले करोेडौं लगानी गरेर संग्रालय र नक्कली कपिलवस्तु बनाएको छ । तर, संग्रालय सुनसानप्राय थियो । नजिकै रहेको कपिलवस्तु संग्रालय डेटिङ स्पट बनेको छ । भग्नावशेष स्थल भनिएको कपिलवस्तु पार्कमा ठाउमा केही जोडीहरु रमाएका थिए । प्रस्तुतिः सागर बुढाथोकी Buddha Was born in Nepal fake kapilvastu in india india fraud claim