स्वास्थ्य

गर्भवतीले अपनाउनैपर्ने यी महत्वपूर्ण उपाय

गर्भवतीले अपनाउनैपर्ने यी महत्वपूर्ण उपाय
Pregnent Womanभदौ - १८ । एउटी महिलाको लागि गर्भ अवस्थाजस्तो महत्वपूर्ण क्षण अरु केहि हुँदैन । महिलाले लागि विशेष ख्याल राख्नुपर्ने समय नै यहि हो । किनभने गर्भवतीमा हुने स्वास्थ्यको गडबडीको असर सीधै गर्भमा रहेको बच्चामा पर्छ । आफूलाई स्वस्थ र सन्तुलित राख्न गर्भवती महिलाले यी कुराहरु अनिवार्य रुपमा अपनाउनुपर्ने हुन्छ । १) गर्भ अवस्थामा फोलिक एसिडको पर्याप्त मात्रा लिनु जरुरी छ । हरियो सागसब्जीमा यो पाइन्छ । फोलिक एसिडले बच्चाको जन्मसँग जोडिएको संकटबाट जोगाउन सघाउँछ । २) गर्भवतीले फलफूल खानु त असाध्यै जरुरी छ । तर, कुनै पनि फलफूल खानुअघि त्यसको सरसफाइमा भने ध्यान दिनुपर्छ । ३) यो समयमा अण्डा, चिकेन र माछा खान फाइदाजनक हुन्छ । तर, राम्रोसँग पकाउनुपर्छ । ४) प्रोटिनयुक्त खाना धेरै भन्दा धेरै खानुपर्छ । प्रोटिनले बच्चाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । ५) आफ्नो खानपानको ख्याल राख्नुका साथै डाक्टरको सल्लाह र लगाउनुपर्ने भ्याक्सिनलाई कहिल्यै छुटाउनुहुँदैन । ६) जंकफुड खाने बानी छ भने तत्काल छोड्नुपर्छ । यसमा उच्च फ्याट हुन्छ । कोलोस्ट्रोल बढ्ने खतरा हुन्छ । ७) गर्भावस्थामा सम्पूर्ण तत्व मिसिएको सन्तुलित आहार जरुरी छ । खाना कत्तिको सन्तुलित छ, विचार गर्नुपर्छ ।

pregnency

विशेष