खेल

मेस्सी पुन: खेलमा अनुपस्थित हुने

मेस्सी पुन: खेलमा अनुपस्थित हुने
Messi भदौ – १८ । अर्जेन्टिनी टिमका कप्तान लिओनल मेस्सीले बिहिबार विश्वकप छनोटअन्तर्गत गोल गरेर उरुग्वेलाई १–० ले पराजित गरेपनि मंगलबार भेनेजुएलाविरूद्ध हुने खेलमा अनुपस्थित हुने छन् । उरुग्वेविरुद्धको खेलमा उनको दायाँ खुट्टाको चोट बल्झिएपछि आउँदो खेल खेल्न नसक्ने भएका हुन् । उनको चोटको जानकारी अर्जेन्टिनी फुटबल संघले दिएको छ । मेस्सी बार्सिलोनाबाट खेल्दै गर्दा घाइते भएका थिए । तरपनि अर्जेन्टिनाले उरुग्वेविरूद्धको खेलमा उनलाई मैदानमा उतारेको थियो । मेस्सी अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए पश्चात अर्जेन्टिनी राष्ट्रपतिको आग्रहलाई स्वीकार गर्दै २ महिनापछि पुनः उरुग्वेविरुद्धको खेलमार्फत मैदानमा उत्रिएका थिए ।

Argentina football lional messi

विशेष