खेल

एफएले गर्‍यो अग्युरोलाई तीन खेलबाट प्रतिबन्ध

एफएले गर्‍यो अग्युरोलाई तीन खेलबाट प्रतिबन्ध

भदौ – १८ । फुटबल एसोसिएसन (एफए)ले म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरोमाथि तीन खेलको प्रतिबन्ध लगाएको छ ।

एफएले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार वेष्ट ह्यामसँगको खेलमा हिंसात्मक गतिविधि गरेको आरोपमा दोषी ठहर गर्दै उनलाई तीन खेलको प्रतिबन्ध लगाएको हो । अग्युरोले वेष्ट ह्यामका विनस्टन रिडको अनुहारमा आफ्नो कुहिनोले ७५ औं मिनेटको ट्याकलमा हानेका थिए । रेफ्रिले नदेखे पनि एफएले भिडियो फुटेज हेरेर अग्युरोमाथि आरोप दर्ता गरेको थियो ।

यो आरोप प्रमाणित भएपछि अग्युरोमाथि तीन खेलको प्रतिबन्ध लागेको हो । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड, बोर्नमाउथ तथा इएफएल कपको तेस्रो चरण अन्तर्गत स्वान्सीसँगको खेलमा अग्युरो मैदान बाहिर हुने छन् ।

manchester city sarjiyo agyuro

विशेष