१० लाख दर्शकले बोल्ट र फराहको दौड हेर्न निवेदन गरे
भदौ – १८ । संसारकै तीव्र धावक उसेन बोल्ट र मध्यदुरीका च्याम्पियन मो फराह आउँदो वर्ष अन्तिम पल्ट ट्रयाकमा देखा पर्नेछन् । उनीहरु लन्डनमा हुने विश्व च्यापियनसिपमा भाग लिएपछि अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिँदैछन् ।
९ वटा ओलम्पिक स्वर्ण जितेका जमैकाका उसेन बोल्ट र लन्डन तथा रियो ओलम्पिकमा गरि लगातार ४ वटा स्वर्ण जितका मो फराहकोे अन्तिम त्यो दौड हेर्न १० लाख दर्शकले टिकट व्यवस्था गरिदिन निवेदन दिएका छन् ।
३० वर्षिय बोल्टले रियोमा स्वर्णको ‘ट्रिपल–ट्रिपल’ गरेपछि ओलम्पिक खेलबाट सन्न्यास लिएका थिए । फराहले पनि ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए । उनी सन् २०१७ पछि आफ्नो नियमित स्पर्धा छोडेर म्याराथनमा केन्द्रित हुँदैछन् ।
आयोजकका अनुसार विश्व च्याम्पियनसिपका लागि ७ लाख टिकटको व्यवस्था गरिएको छ । तर, यि दुई स्टार खेलाडीको दौड हेर्न १० लाख ४७ हजार टिकट उपलब्ध गराइदिन अनुरोधसहित निवेदन दर्ता भएको छ ।
mo faraha
ussein bolt