प्रवास

एमाले नेता खनाल र श्रीलङ्काका पूर्व राष्ट्रपतिबीच भेटवार्ता

एमाले नेता खनाल र श्रीलङ्काका पूर्व राष्ट्रपतिबीच भेटवार्ता
jhalanath-khanal-mahendra-r भदाै - १८ । मलेसियाको राजधानी क्वालालम्पुरमा जारी एसियाली राजनीतिक सम्मेलन (आइक्याप) महासम्मेलनका क्रममा त्यहाँ रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा( एमाले)का वरिष्ठ नेता झलनाथ खनालले श्रीलङ्काका पूर्व राष्ट्रपति महेन्द्र राजापाक्षसँग शनिबार भेटघाट गरेका छन् । राजापाक्षले आफ्नो कार्यकालमा नेपाल र श्रीलङ्काबीच सम्बन्ध स्थापना गर्न भएका पहल र लुम्बिनी क्षेत्रको विकासबारेमा चासो व्यक्त गरेका थिए । छलफलमा दक्षिण एसिया विकास र शान्तिका लागि सहकार्य वातावरण बनाउन नेपाल र श्रीलङ्काजस्ता देश अघि सर्नुपर्ने दुवै नेताको समान मत थियो । नेता खनालले दुई देश माझ सिधा ‘कनेक्टिभिटी’को आवश्यकता रहेको औँल्याउनुभएको उहाँका निजी सचिव कृष्ण भट्टराईले जानकारी दिए । भेटमा खनालसँग मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्नेत र खनालका विदेश ममिला सहयोगी योगेन्द्र शाही सहभागी रहेका थिए । खनालले आइक्याप नेतृत्व र सचिवालय साथै बङ्गलादेशको पूर्व राष्ट्रपति हुसेन मुहमद इरसाद, जापानी कम्युनिष्ट पार्टीका अध्यक्ष कजुओ शीसँग पनि आपसी हितका विषयमा छलफल गरेका छन् । महासम्मेललनका लागि खनालसहित नेपालबाट नेपाली काँग्रसका नेत्री सुजाता कोइराला, नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलगायत मलेसिया गएका थिए । सम्मेलन यही भदौ १७ देखि १९ सम्म चल्नेछ ।

Jhalanath Khanal mahendra rajapakshya

विशेष