न्यू डायमण्ड र एपीएफ फाइनलमा प्रवेश
भदाै - १८ । पोखराको लामाचौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा साविक विजेता न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी बल (एपीएफ) फाइनलमा प्रवेश गरेका छन् ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा हरितालिका तीज महोत्सव अवसरमा भएको उक्त प्रतियोगितामा शनिबार पहिलो सेमीफाइनलमा एपीएफले विभागीय टीम नेपाल आर्मी क्लबलाई सोझो सेटमा पराजित गरी उपाधि नजिक पुगेको हो । खेलमा एपीएफले २५—९, २५—१० र २५—९ को सेटमा पराजित गरेको हो । एपीएफ राष्ट्रिय खेलाडी विनिता बुढाथोकीको कप्तानीमा प्रतिष्पर्धामा उत्रिएको थियो ।
त्यस्तै, दोस्रो सेमीफाइनलमा न्यू डायमण्डले पश्चिमाञ्चलको टप्स माविलाई सोझो सेटमा पराजित गर्दै उपाधि रक्षाको नजिक पुगेको छ । खेलमा न्यू डायमण्डले २५—१५, २५—१५ र २५—१६ को नतिजा आफ्नो पक्षमा पारेको हो । भरपर्दो खेलाडी प्रतिभा मालीको उपस्थितिमा कोर्ट उत्रिएको ललिता नाथको कप्तानीको टीम न्यू डायमण्ड पुनः चौथो पटक उपाधि जित्ने दाउमा छ ।
चर्चित ५ टिमको सहभागिता रहेको खेलमा शनिबारको पहिलो खेलमा पश्चिमाञ्चल एपीएफसँग पराजित भए पनि मध्यपश्चिमाञ्चलसँग खेलमा सोझो सेटमा जित निकाली समूह उपविजेता बनेको थियो ।
अघिल्लो दिन स्थगित खेलमा एपीएफले पश्चिमाञ्चललाई २५—१३, २५—१० र २५—११ सेटमा हरायो भने मंजु गुरुङक कप्तानीको पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चलसँग २५—१२, २५—८ र २५—१२ को सेट निकाल्यो । न्यू डायमण्ड र एपीएफ क्रमशः समूह ए र बी का विजेता बन्दै विजयीयात्रा कायम गरेका हुन् ।
फाइनल प्रतिष्पर्धा आइतबार दिउँसो २ बजे हुने खेल संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।
APF
new diamond
Vollyball