नौ जिल्लाका ५७ वस्तीमा जुनसुकै बेला जे पनि हुन सक्ने
भदौ १९ । भूकम्प प्रभावित ९ जिल्लाका ५७ मानव बस्तीलाई ‘जोखिमयुक्त’ ठहर गर्दै तत्काल अन्यत्र सुरक्षित स्थानमा बसोबास गराउनुपर्ने भूगर्भविद्को अध्ययनले देखाएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत निर्देशक समितिका विज्ञ सदस्यले झन्डै एक महिना लगाएर गरेको अध्ययनमा भूकम्प प्रभावित रामेछाप, नुवाकोट, ओखलढुंगा, धादिङ, रसुवा, गोरखा, दोलखा, सिन्धुपाल्चोक र काभ्रेका सानाठूला ५७ बस्ती स्थानान्तरण गर्नुपर्ने देखिएको हो ।
‘पहिरोको जोखिम निरन्तर रहेको’ परकम्पले जमिनमा धाँजा फाटेको र बसोबासमा कमजोर निर्माण संरचनाका कारण भूगर्भविदको टोलीले जोखिमयुक्त बस्तीको सूची तयार पारेको हो,’ प्राधिकरणमा निर्देशक समितिका विज्ञ भूगर्भविद डा. तारानिधि भट्टराईले भने । कान्तिपुर दैनिकबाट