समाज

अनियमितता हुने मुख्य अखडा धार्मिक संघसंस्था हुन थाले

अनियमितता हुने मुख्य अखडा धार्मिक संघसंस्था हुन थाले

masjidभदौ १९ । नेपालगञ्जकी पचास वर्षीया खाफिजा बेगमलाई शनिबारको दिन निकै पीडादायी रह्यो । पीडाबाट मुक्ति पाउने खाफिजाले राजधानीको घन्टाचरस्थित जामे मस्जिदको भित्तामा रहेको टिभीको सहारा लिन खोजे पनि मन पटक्कै मारिहेको थिएन ।

मुस्लिम धर्मावलम्बीको पवित्र स्थल साउदी अरबको मक्का–मदिना जान भनी भदौ ११ गते नेपालगञ्जबाट काठमाडौं आएकी खाफिजा अन्तिम समयमा यात्राबाट वञ्चित भएपछि कसरी घर फर्कने भन्ने समस्याले आत्तिएकी थिइन् ।

साउदी अरबको मक्कामदिना जान आफन्त र छिमेकीले खाफिजालाई फूलमाला लगाएर हज भव्य बिदाई गरेका थिए ।  हज कमिटीले यो वर्ष मक्का मदिना जानेको नाम प्रकाशित गर्दा भने खाफिजाको नाम परेन । खाफिजासँगै मक्का मदिना जाने तयारीमा रहेका छोरा समुसल र भाउजू भतिजालाई पुर्याउन काठमाडौं आएका देवर बाकर अलीले मक्का जाने सूचीमा नाम नदेखेपछि कमिटीका पदाधिकारी भेटे । तर कसैले पनि चित्त बुझ्दो जवाफ दिएनन् ।

मुस्लिम धर्मालम्वीको पवित्र स्थल साउदी अरबको मक्का मदिना जाने हाजीलाई व्यवस्थापन र सहयोग गर्दै आएको केन्द्रीय हज कमिटीको गैरजिम्मेवारीपनका कारण शुल्क तिरको करिब ७ सय हाजी यो वर्ष मक्कामदिना जान वञ्चित भए । नागरिक दैनिकबाट

विशेष