तीजको व्रतमा बेहोस भएमा यसो गर्नुहोस्
भदौ १९ । तीजमा महिलाहरु पानीसमेत नपिएर कठोर व्रत बस्छन् । भोको पनि बस्ने, नाचगान पनि गर्नाले शरिरको ऊर्जा सकिन्छ । शारीरि कमजोरी निम्तिन्छ । शरीरमा ग्लुकोजको, रक्तचाप कमजोर हुन्छ अनि चक्कर लाग्छ । मान्छे बेहोस हुन्छ । यदि व्रतालु बेहोस भएमा के गर्ने ?
१. व्रत वस्दा चक्कर लाग्ने, टाउको दुख्ने जस्ता समस्या भए तत्काल शीता ठाउँमा आराम गर्नुपर्छ । आरामसँगै औषधिको रुपमा ग्लुकोज पानी पिउनु पर्छ । केही बेरपछि फलफूलको रस पिउनु पर्छ ।
२.व्रत बस्ता कमजोरीका कारण कतिपय महिला बेहोस हुन्छन् । यस्तो अवस्थामा सँगै रहेका साथीहरुले सजगता अपनाउनु पर्छ । बेहोस भएको देखेर अरु आत्तिन हुँदैन । कोही बेहोस भएर लडेमा पहिले सजिो ठाउँमा लगेर सताउनु पर्छ ।
३. बेहोस भएको व्यीक्तलाई जहिले पनि कोल्टे पारेर सुताउनु पर्छ । कहिलेकाहीँ उत्तानो परेर सुतेमा बेहोसी अवस्थामै बान्ता हुने गर्छ । बान्ता श्वास नलीबाट फोक्सामो जाने सम्भिावना हुन्छ । फोक्सोमा पुगेको वान्ताले क्रोनिक निमोनिया हुने हुँदा ठूलो समस्या निम्तिन सक्छ । त्यसैले होसियारी अपनाउनु पर्छ ,
४. बेहोस भएको व्यक्तिलाई सहिजा ठाउँमा सहज तरिकाले सुताइसकेपछि शरीमापानी छम्किनु पर्छ । बिरामीको रक्तचाप जतिसक्दो छिटो नाप्नु पर्छ । व्यक्ति होसमा आएपछि ग्लुकोज पानी दिनु पर्छ ।
५. बेहोस भएको व्यक्ति लामो समयसम्म पनि होसमा नआएआ नजिकको अस्पताल लैजानुपर्छ ।
६. बिरामीको होस आउनासाथ कहिले पनि ठोस खानेकुरा दिन हुँदैन । यस्तो अवस्थामा फलफूलको रस, ग्लुकोज पानीमात्रै दिनु पर्छ । यो पनि एकै पटक धेरै होइन । पटक पटक दिने तर कम कम मात्राामा । नयाँ पत्रिकाबाट