खेल ताजा खबर

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल टोलीबीच भेटवार्ता

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल टोलीबीच भेटवार्ता

prachanda भदौ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टोलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसनसहितको टोली सहभागी थियो । नेपाली क्रिकेटका सरोकारबालासँग छलफल गर्न रिचार्डसनको नेतृत्वमा तीन सदस्यीय टोली नेपाल भ्रमणमा छ ।

भेटमा खेलकुदमन्त्री दलजित श्रीपाइली र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशव विष्ट र क्यानकी पूर्व सिइओ भावना घिमिरे पनि सहभागी थिए ।

ICC cricket

विशेष