मनोरञ्जन स्वास्थ्य

स्तन बढाउने भन्दा घटाउने बढी

स्तन बढाउने भन्दा घटाउने बढी

bubs भदौ १९ । चिकित्सकहरुका अनुसार बाहिरी मुलुकमा स्तन सानो भएर पीडामा पिल्सिने युवती बढी हुन्छन् भने नेपालमा त्यसको ठिक उल्टो । अर्थात औसत केटीको स्तन ठूलो हुन्छ । फेरि हामीकहाँ ठुलो स्तनलाई सुन्दर वा सेक्सी होइन भद्दा मानिन्छ । शारीरिक रुपमा पनि ठुलो स्तन राम्रो मानिन्न । किनभने ढाड, गर्दन दुख्छ कपडा फिट हुन्न ।

हिँडडुल गर्न मुस्किल पर्छ । यही कारण हुनुपर्छ, स्तन ठुलो भन्दा सानो र कसिलो बनाउन अहिले युवतीहरु किल्नकमा पुगने गरेका छन् । विवाहित मात्र होइन अविवाहित युवती पनि स्तनको आकार घटाउन आउने गरेको डाक्टरहरु बताँउछन् ।

क्लिनिकमा आउने ७० प्रतिशत महिलाहरु स्तन सानो र कसिलो बनाउन आउने गरेको समेत डाक्टरहरुले बताएका छन् । सामान्यतया ग्लामरमा क्षेत्रमा रहेका युवतीहरुचाँही स्तन साविक भन्दा ठुलो बनाउन चाहन्छन् ।

Bubs

विशेष