समाज

राजविराजबाट सुरु भएको रथयात्रा काठमाडौं आइपुग्यो

राजविराजबाट सुरु भएको रथयात्रा काठमाडौं आइपुग्यो
rath yatra भदौ १९ । मानव कल्याण तथा मुलुकमा शान्ति स्थापनाका लागि डेढ महिना अघि राजविराजबाट सुरु भएको रथयात्रा अहिले काठमाडौँ आइपुगेको छ । एकतिस जिल्लाका प्राचीन महत्वका मठमन्दिरमा पूजा गरी काठमाडौँ ल्याईएको रथलाई उपत्यकाका महत्वपूर्ण मन्दिरमा परिक्रमा गराइने छ । छिन्नमस्ता सखडा शक्ति पीठको प्रतीमासहितको रथ आज गौशाला अगाडि पाशुपत क्षेत्रमा सर्वसधारणको दर्शनका लागि राखिएको छ । हरितालिका पर्वका अवसरमा त्यस क्षेत्रमा आएका महिलाले रथमा राखिएको प्रतिमाको दर्शन गरेका छन् । पचहत्तरै जिल्लाको रथयात्रा पछि आगामी चैतमा सप्तरीमा ‘लक्षचण्डी रुद्र महायज्ञ’ गरिने महायज्ञका संयोजक एवम् पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए । नेपालमा पहिलोपटक गर्न लागिएको यस किसिमको महायज्ञमा भारतबाट शङ्कराचार्य आउनुहुने जनाइएको छ । काठमाडौँका महत्वपूर्ण मन्दिर तथा पीठको दर्शनपछि काभे्रेपलान्चोक हुँदै दोलखा भगवतीको दर्शनका लागि रथ लगिने पीठाधीश ठाकुरले बताए ।

Rath Yatra

विशेष