मनोरञ्जन

यसकारण रिसाइन कट्रिना  रणविरसँग 

यसकारण रिसाइन कट्रिना  रणविरसँग 

रणवीर कपुर र कट्रिना कुनै जमानामा प्रेमी–प्रेमिका थिए । उनीहरूले ‘ब्रेकअप’ पछि पनि एकअर्कालाई बिझ्ने गरी बोलेका थिएनन् । एक अन्तर्वार्तामा रणवीरले भनेका थिए, ‘कट्रिना मेरो जिन्दगीकी प्रेरणादायक महिला हुन् ।’ तर, हालसालै के खबर आएको छ भने उनी कट्रिनाका ‘पर्सनल म्यासेज’ आफ्ना साथीहरूलाई देखाउँदै हिँड्छन् । एक अखबारका अनुसार यही कारण कट्रिना रणवीरसँग रिसाएकी छिन् ।

केही दिनपहिले रणवीरले एक अन्तर्वार्तामा कट्रिनासँगको आफ्नो सम्बन्धबारे खुलेर कुराकानी गरेका थिए । उनले भनेका थिए, ‘मेरा आमाबुबापछि कट्रिना एकमात्र यस्ती महिला थिइन्, जो मेरो जिन्दगीमा जोडिइन् र मलाई अगाडि बढ्न प्रेरणा दिइन् ।’ कट्रिनाले आफ्ना निकट साथीहरूलाई रणवीर एकदमै बनावटी मान्छे भएको बताउँदै आएकी छिन् । उनी रणवीरले सम्बन्धलाई महत्व नदिएको ठान्छिन् । उनीसँग समर्पण भाव नभएको कट्रिनाको ठहर भएको उनका साथीहरूले बेलामौका बताउने गरेका छन् ।

Katrina Kaif Ranbir Kapoor

विशेष