खेल

महिला टेनिसकाे किर्तिमानसँगै पुरुषलाई पनि पछारिन् सेरेनाले

महिला टेनिसकाे किर्तिमानसँगै पुरुषलाई पनि पछारिन् सेरेनाले
Serena भदौ – १९ । अमेरिकी महिला टेनिस खेलाडी सेरेना विलियम्सले महिला एकल प्रतियोगिता तर्फ अन्तिम १६ मा पुगेकी छन् । यसका साथै उनले ग्रान्ड स्लाममा सबैभन्दा बढी खेल जित्ने विश्व किर्तिमान बनाएकी छिन् । अमेरिकाको न्युयोर्कस्थित फ्लसिङ मेडोस एरिनामा वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपन खेलिरहेकी सेरेनाले स्विडेनकी जोहाना लार्सनलाई ६–२ र ६–१ ले पराजित गरेर चौथो चरणमा स्थानमा बनाएकी हुन् । यो उनको ३ सय ७ औँ ग्रान्ड स्लाम खेलको विजय हो । यसअघिको किर्तिमान पनि अमेरिकाकै मार्टिना नभराटिलोभाको नाममा थियो । मार्टिनाले ३ सय ६ वटा ग्रान्ड स्लामको खेल जितेकी थिइन् । यति मात्र नभई सेरेनाले पुरुषतर्फ सर्वाधिक खेल जित्ने स्विट्जरल्यान्डका रोजर फेडेररको किर्तिमानलाई पनि बराबरी गरेकी छिन् । सेरेनाले पहिलो ग्रान्ड स्लाम उपाधि फ्लसिङ मेडोसमै सन् १९९९ मा जितेकी थिइन् । सेरेनाको यो २३ औं ग्रान्ड स्लामको एकल उपाधिको यात्रा हो ।

Serena Williams Tenis

विशेष