Technology
केडिया अर्गनाईजेशनले ल्यायो मध्यमवर्गलाई लक्षित ग्रीन प्लाई
आइतबार, १९ भदौ २०७३ गते प्रकाशित

भदौ – १९ । ग्रीन प्लाई अन्तर्गत प्रिमियम फ्लोरिङ केडिया अर्गनाईजेशनले बजारमा ल्याएको छ ।
केडियाको भगिनी संस्था आर.आई.पि.एल इन्टरनेशनल प्राइभेट लिमिटेडले सरसफाई गर्न सजिलो र छरितो हुने भएकाले भुईमा विच्छायाउने प्लाई बजारमा ल्याएको हो ।
नेपाली बजारमा यस्तो प्लाईको माग भएको र मध्यमवर्गलाई लक्षित गरि बजारमा ल्याएको आर.आई.पि एलका निर्देशक आयुश केडियाले बताएका छन् । १५ फरक रंगमा पाइने प्लाईको १० वर्षको वारेन्टी रहेको बताइएको छ ।
अनिल केडियाले भारतमा उत्पादित उक्त फ्लोरम्याक्सको डिलर लिएको र नेपाली बजारमा आफूले यसको विस्तार गर्नु चुनौति रहेको प्रष्ट जानकारी गराए ।
काठमाडौंमा अहिले १२ वटा डिलरबाट बिक्रि गरिने तथा आफूहरुले कुमारीपाटीमा शोरुम खोलेपनि त्यहाँबाट नबेच्ने जानकारी गराएका छन् ।
kedia organization