खेल ताजा खबर

राष्ट्रिय महिला भलिबलको उपाधि न्यू डायमण्डलाई

राष्ट्रिय महिला भलिबलको उपाधि न्यू डायमण्डलाई

woman Vollyball भदौ २० । न्यु डायमन्ड एकेडेमीले पोखराको लामाचौरमा भएको फाइनल खेलमा शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउदै लगातार चौथो पटक महिला राष्ट्रिय भलिबलको उपाधी जितेको छ । आइतबार भएको फाइनलमा न्यु डायमन्डले ३०–२८, २५–१५ र २५–२० को सोझो सेटमा जीत निकाल्यो । डायमन्डको जितमा सर्वाधिक स्कोर प्रतिभा मालीले २५ स्कोर गरिन ।

यसैैगरी कप्तान ललिता नाथले ८ स्कोर गरिन तथा पनमिका राईले ७ स्कोर गरिन । न्यु डायमण्डलाई जीत दिलाउने क्रममा सेटर कृपा अधिकारी र लिबेरो सलिना श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गरे। यता, एपीएफकी रेश्मा भण्डारीले १२ स्कोर, नेविका चौधरीले १२ र उषा विष्ट ५ स्कोर गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । जीतसंगै न्यू डायमण्डले ७५ हजार नगद सहित ट्रफि पायो भने दोस्रो भएको सशस्त्रले ५० हजार नगदसंगै प्रमाणपत्र प्राप्त गर्यो ।

Woman Vollyball

विशेष