खेल ताजा खबर

इंग्ल्याण्ड विरुद्धको अन्तिम एकदिवसियमा पाकिस्तान विजयी, श्रृंखला इंग्ल्याण्डको कब्जामा

इंग्ल्याण्ड विरुद्धको अन्तिम एकदिवसियमा पाकिस्तान विजयी, श्रृंखला इंग्ल्याण्डको कब्जामा

England v Pakistan - 5th One Day International

भदौ २० । इंग्ल्याण्डसंगको अन्तिम एक दिवसीय क्रिकेटमा पाकिस्तान विजयी भएको छ । आइतबार राति भएको खेलमा पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डलाई चार विकेटले हराएको हो । इंग्ल्याण्डले प्रस्तुत गरेको तीन सय तीन रनको लक्ष्य पाकिस्ताले ४८ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।

पाकिस्तानका सरफराज अहमदले ९०, शोएब मलिकले ७७, मोहम्मद रिजवानले नटआउट ३४, अजहर अलीले ३३ तथा बाबर आजमले ३१ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर तीन सय दुई रन बनाएको थियो । इंग्ल्याण्डका ज्यासन रोयले ८७ तथा बेन स्टोकले ७५ रन बनाए । पाकिस्तानका हसन अलीले चार तथा मोहम्मद आमिरले तीन विकेट लिए । पांच एक दिवसीय श्रृंखला भने ४–१ ले इंग्ल्याण्डले जितेको छ ।

Cricket England Cricket Pakistan cricket

विशेष