खेल ताजा खबर

विश्वकप छनौट खेलमा जर्मनी र इङ्ल्याण्ड विजयी

विश्वकप छनौट खेलमा जर्मनी र इङ्ल्याण्ड विजयी
Garmany सन् २०१८ को विश्वकप फुटबलका लागि भइरहेको छनोट खेलमा जर्मनी र इङल्याण्डले विजयी सुरुवात गरेका छन् । जर्मनीले नर्वेलाई ३–० ले हरायो ।  जर्मनीका लागि थोमस मुलरले दुई तथा जोसुवा किमरिकले एक गोल गरे । युएफा समूह सी अन्तर्गत यो खेलपछि जर्मनी र अजरवैजानको समान ३–३ अंक भएको छ । England

अजरवैजानले सानमारिनोलाई १–० ले हरायो । चेक गणतन्त्र र नर्दन आयरल्याण्डले भने गोलरहित बराबरी खेलेका छन् । त्यस्तै समूह एफको खेलमा इङल्याण्डले स्लोभाकियालाई १–० ले हरायो । इङल्याण्डका लागि एडम लालानाले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए । त्यस्तै अन्य खेलमा स्कटल्याण्डले माल्टालाई ५–१ ले हराउंदा स्लोभेनिया र लुथिनियाले २–२ को बराबरी खेले ।

World cup Qualifare

विशेष