समाज

ज्वाइ राजालाई कपाली तमसुक !

ज्वाइ राजालाई कपाली तमसुक !

Nepal Aaja भदौ २० नसिमा खातुनको ह्दयघातका कारण ३९ वर्षको उमेमा मृत्यु भयो । १२ भदौमा उनको मृत्युपछि परिवार झन् तनावमा फस्यो ।उनका छोरा जागिर साफीले अन्तरजातिय बिहे गरेका कारण भएको तनावले उनलाई ह्दयघात भएको परिवारको भनाइ छ । केटी पक्षले जवरजस्ती कपाली तमसुक बनाइ रकम असुलेपछि ऋणमा डुब्दा उनलाई ऋदयघात भएको परिवारको दाबी छ ।

करिब दुई महिनाअघि महोत्तरी सोनमा ४ का जागिर सफी र सोही गाउंकी अर्चनाबीच प्रमेसमबन्ध भयो । प्रेमसम्बन्ध रहेको थाहा पाएपछि अर्चनाका बाबु भरोसी मण्डलले उनको बिहे अर्कै केटासँग गरिदिए । तर, अर्चानाको बिहे गर्ने उमेर भएकै थिएन ।

विवाहअघि अर्चनाले जागिरलाई पटकपटक भागेर विवाह गर्न दबाब दिइन् । तर जागिरले उनको प्रस्ताव अस्वीकार गरे । विहेको एक महिनापछि अर्चना माइती आएकी थिइन् । एक राति करिब १२ बजे जागिरको घरमै पुगेर भाग्न दबाब दिइन्। दबैजना भागरेर सीमावर्ती भारतको सितामढी हुँदै दिल्ली गए ।

जागिरले छोरी भगाएपछि माइति पक्षले जागिरको घरमा दबाब दिन थाले र उनीहरुले जागिरले अर्चनाको अपहरण गरेको प्रहरीमा उजुरी गरे । त्यसअघि उनीहरुले गाउंमा जागिरका हजुरबुवा सोबरीलाई जवरजस्ती २५ लाख रुपैयांको कपाली तमसुक गराएका थिए । नयाँ पत्रिका

Kapali Tamasuk

विशेष