समाज

औकातै बिनाको विश्वविद्यालयले झमकलाई विद्यावारिधि दिन नसक्ने भन्दै विरोध

औकातै बिनाको विश्वविद्यालयले झमकलाई विद्यावारिधि दिन नसक्ने भन्दै विरोध

jhamak ghimire

भदौ २०। मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले साहित्यकार झमककुमारी घिमिरेलाई काठमाडौंमा दिक्षान्त समारोह गरि मानार्थ विद्यावारिधि उपाधि दिने कार्यक्रमको विरोध गर्दै स्थानीय सवै राजनीतिक दलहरुले वहिष्कार गरेका छन् ।

पिएचडी अध्यापनको योजनै नबनाएको विश्वविद्यालयले ‘कृतित्व र व्यक्तित्व आधारमा साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान गर्नु उचित नहुने भन्दै दलहरुले विरोध जनाएका हुन् ।

विश्वविद्यालयले आज (सोमबार) काडमाडौंमा झमकलाई विशेष दिक्षान्त समारोहको आयोजना गरेर मानार्थ विद्याबारिधिबाट दिक्षित गर्दैछ । दलहरुले क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुसार सुर्खेतमा स्थापना भएको विश्वविद्यालयको दिक्षान्त समारोह काठमाडौंमा गरेकोमा समेत कडा आपत्ति जनाएका छन् ।

नेकपा(माओवादी केन्द्र)का सुर्खेत जिल्ला अध्यक्ष कृष्ण जिसिले भने– ’स्थानीय सवै सरोकारवालालाई उपेक्षा गरि पिएचडी थालनी नै नभएको विश्वविद्यालयले पिएचडिको उपाधि दिन हतार गर्नुको कुनै औचित्य छैन ।’ झमक जस्तो सम्मानीत ब्यक्तित्वलाई विवादमा तानेर विश्वविद्यालय प्रशासनले ठूलो भुल गरेको जिसीको भनाइ छ ।

नेता जिसीले थपे, ’सुर्खेती जनतालाई छलेर लाखौं खर्च गरि रातारात काठमाडौं मान्छे ओसारेर गरिएको नाटकमा हामी सामेल हुंँदैनौं ।’

काठमाडौंमा आज हुने दिक्षान्त समारोहमा नेपाली कांग्रेसका जिल्ला सभापति कमलराज रेग्मी र नेकपा(एमाले)का जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीले पनि बहिष्कार गरेका छन् ।

विशेष