अमिताभ र आमिर पहिलो पटक एकसाथ

भदाै २० । बलिउडका दुइ पुस्ताका चर्चित अनुहार अमिताभ बच्चन र आमीर खान पर्दामा सँगै देखिने भएका छन् । यशराज फिल्मको ब्याानरमा निर्माण हुन लागेको नयाँ प्रोजेक्ट ‘थग’ को लागि यी दुई पक्का भएका हुन् ।
बलिउडका ‘बिग बि’ अमिताभले सयौँ फिल्म गरे तर आमिरसगँ भने अहिलेसम्म काम गरेका छैनन् । हालै भारतको एक मिडियासँग उनले आफूले आमिरसगँ काम गर्न पाउँदा खुशी भएको बताएका छन् । त्यस्तै आमिरले पनि ‘बिग बि’ अमिताभसगँ पहिलोपटक काम गर्नु एतिहासिक भएको बताएको भारतीय मिडियाले जनाएको छ ।
फिल्मको शीर्षक भने अहिलेसम्म तय नभएकोले अमिताभलाई फिल्मकाबारेमा खुलेर बोल्न अधिकार नभएको खुलाशा गरेका छन् । छिटै नै फिल्मको शीर्षक तय गरेर फिल्मको कास्ट र अन्य कलाकर्मीकोबारेमा मिडियालाई जानकारी दिने भारतीय मिडियाले जनाएको छ ।
Amir Khan Amitav Bacchan