देश

सुदूरपश्चिममै पहिलोपटक सडकमा सौर्यबत्ती

सुदूरपश्चिममै पहिलोपटक सडकमा सौर्यबत्ती
Solar Lightभदौ – २० । सुदूरपश्चिममै पहिलोपटक डडेल्धुरा सदरमुकाम क्षेत्रका सडक छेउ र त्यस वरपरका बजार सौर्य बत्तीले झलमल्ल बनेका छन् । आइतबार बेलुका ६ः३० बजे औपचारिक रुपमा बत्ती बाली उद्घाटन गर्दै सुदूरपश्चिममा नै पहिलो सडक बत्तीका रुपमा सौर्य बत्ती बालिएको हो । सौर्य सडक बत्ती जडानका लागि गठित दुई उपभोक्ता समितिमध्ये अमरगढी ५, ८, ७ नं वडाको समितिले आइतबार बेलुका अमरगढी–७ पोखरा बजारमा बत्ती बाली सौर्य सडक बत्तीको उद्घाटन समितिका अध्यक्ष मनोज ओझाले बताए । सौर्य बत्तीले सडक, बजार झलमल गरेर बत्तीले सुदूरपश्चिमको पहिलो जिल्लाका रुपमा डडेल्धुरालाई चिनाउने छ । सौर्य सडक बत्तीका लागि गठित दुईवटा उपभोक्ता समितिसँग अमरगढी नगरपालिकाको कार्यालयले भदौ १५ गतेभित्र सडक बत्ती बालिसक्नुपर्ने सम्झौता गरिए पनि त्यसको चार दिनपछि आइतबार बत्ती बल्न सुरु भएको हो । सौर्य सडक बत्ती जडानका लागी नेपाल सरकारबाट ६५ प्रतिशत बराबरको २३ लाख ७० हजार आठ सय ८०, नगरपालिका बाट १५ प्रतिशत पाँच लाख ४७ हजार एक सय २८ र उपभोक्ता समिती बाट २० प्रतिशत सात लाख २९ हजार पाँच सय चार गरि कुल ३६ लाख ४७ हजार पाँच सय २० रकम एक उपभोक्ता समितीलाई निकासा गरिएको थियो । सडकको मापदण्डअनुसार दायाँबायाँ १५/१५ मिटर छोडी सौर्य सडक बत्ती जडान गर्नुपर्ने भए पनि आवश्यक मुआब्जाका लागि बजेट नहुँदा सडक मापदण्डअनुसार बत्ती जडान हुन सकेको छैन । बत्ती जडान तथा आपूर्तिका लागि वाइन्ड इनर्जी काठमाडाैँ र बायो इन्जिनियरिङ बाँकेसँग त्रिपक्षीय सम्झौता गरिएको थियो ।

Dadheldhura Solar Light in Dadheldhura

विशेष