समाज

टीकापुर घटनालाई लिएर सांसदहरुबीच चर्काचर्की

टीकापुर घटनालाई लिएर सांसदहरुबीच चर्काचर्की
भदौ – २० । शून्य समयमा बोल्ने सांसद हर्कबोल राईले टिकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिने तयारी भएको भन्दै प्रश्न उठाएपछि संसदको बैठकमा सोमबार कैलालीको टीकापुर घटनालाई लिएर सांसदहरुबीच चर्काचर्की भएको छ । tikapur ghatana टीकापुर घटनाका जघन्य अपराधीलाई कारवाहीको साटो उन्मुक्ति दिने तयारी भइरहेको भन्दै यसबारे जानकारीका लागि रुलिङको माग राईले गरेका थिए । राईले बोले लगत्तै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीले नियमापत्ति गरे । उनको प्रश्न थियो– ’उहाँ को हुनुहुन्छ जघन्य अपराधी भन्ने ?’ उनले घटना अदालतमा विचाराधीन रहेको र छानविन भइरहेको भन्दै रेकर्डबाट हटाउन माग गरे । तर सभामुख ओनसरी घर्तीले विषयमा आफ्नो ’ध्यानाकर्षण भएको’ टिप्पणी गरिन् । भर्खर बोल्ने माननीयले कुन नियमको आधारमा नियमापत्ति गर्नुभयो । सभामुखले कुन आधारमा समय दिनुभयो ? भन्दै एमालेका सांसद चुडामणि बिक जंगलीले लगत्तै नियमापत्ति गरे । यता सभामुख ओनसरी घर्तीले टीकापुर घटनाको बहसलाई थाती राखेर संसद बैठक अगाडि बढाइन् । नेकपा एमाले र माओवादीको गठबन्धन टुटेर नयाँ सत्ता समीकरण हुँदा टीकापुर घटनामा समातिएकालाई छाड्ने विषय पनि समेटिएको छ । गत वर्ष भदौ ७ गते टीकापुरमा थारुहरुको आन्दोलनमा अञ्चल प्रहरी प्रमुख र एक बालक सहित ८ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।आन्दोलनकारीले घरेलु हतियारले हत्या गरेको अभियोग छ । त्यसपछि हत्यामा संलग्न रहेको भन्दै पटकपटक गरी २६ जना पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई थारु र मधेसवादी दलका नेताहरुले निर्दोष भएको दावी गर्दै आएका छन् ।

Tiakpur Kailali Tikapur Tikapur Ghatana

विशेष