खेल

दुई रेड कार्ड तर पनि जित ५–१ को

दुई रेड कार्ड तर पनि जित ५–१ को
भदौ–२० । विश्व कप २०१८ को छनौटमा समूह एफ अन्तर्गत भएको खेलमा स्कटल्याण्डले जितको सुरुवात गरेको छ । आइतबार भएको खेलमा स्कटल्याण्डले माल्टालाई ५–१ ले हराएकाे हेा । Scotland vs Malta स्कटल्याण्डलाई जिताउन रोबर्ट स्नोडग्रासले ह्याट्रिक तथा क्रिस मार्टिन र स्टिवन फ्लेट्चरले एक एक गोल गरे । नवौं मिनेटमा स्नोडग्रासले व्यक्तिगत पहिलो गोल गर्दै स्कटल्याण्डलाई सुरुवाति अग्रता दिलाए । १४ औं मिनेटमा माल्टाका अलफ्रेड इफिओङले गोल गरेपछि पहिलो हाफमा खेल १–१ को बराबरी भयो । स्कटल्याण्डले दोस्रो हाफमा थप चार गोल ग¥यो । तर स्कटल्याण्डले आफ्ना दुई खेलाडी रेड कार्डका कारण गुमाएर ९ खेलाडीमा सीमित हुनुप-यो । ६० औँ मिनेटमा जोनथन कारुआना र इन्जुरी समयमा लुक गामबिनले रातो कार्ड खाएपछि टोली ९ खेलाडीमा सिमित भएको हो । स्नोडग्रासले ६१ र ८४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ह्याट्रिक पूरा गर्नु अघि ७८ औं मिनेटमा फ्लेचरले गोल गरेर स्कटल्याण्ड ५–१ ले विजयी भयो ।

football Scotland Vs Malta

विशेष