खेल

अन्तिम एक दिवसीय श्रृंखला पनि अस्ट्रेलियाको नाममा

अन्तिम एक दिवसीय श्रृंखला पनि अस्ट्रेलियाको नाममा
भदौ – २० । पाँच एक दिवसीय श्रृँखला अस्ट्रेलियाले ४–१ ले जितेको छ । आइतबार अस्ट्रेलियाको श्रीलंकासँगको अन्तिम एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया पाँच विकेटले विजयी भएको हो । Sri-Lanka-vs-Australia-2nd-ODI श्रीलंकाले प्रस्तुत गरेको एक सय ९६ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टाएको हो । अस्ट्रेलियाका कप्तान डेविड वार्नरले सर्वाधिक १ सय ६ रन बनाए । यस्तै जर्ज बेलीले ४४ रनको योगदान दिए । श्रीलंकाका दिलरुवान परेराले ३ तथा धनन्जय डी सिल्भाले २ विकेट लिए । अस्ट्रेलियाका मिचेल स्टार्कले पनि ३ तथा एडम जाम्पा र ट्रविस हेडले समान २–२ विकेट लिए । यी दुई देशबिच दुई वटा ट्वेन्टी–ट्वेन्टी खेलपनि हुनेछ ।

Cricket Cricket Australia Sir-lanka Vs Australia

विशेष