फुड

खाद्यान्न अभाव जिल्लामा मूल्य घटाएर कोटा निर्धारण

खाद्यान्न अभाव जिल्लामा मूल्य घटाएर कोटा निर्धारण
भदौ–२० । वर्षेनी हिमाली र पहाडी जिल्लामा खाद्यान्न अभाव हुने गरेको छ । सोही खाद्यान्न अभाव जिल्लाहरुमा ढुवानी अनुदानको बिक्री वितरण गरिने चामलको कोटा आर्थिक वर्ष २०७३/०७४ मा निर्धारण गरिएको छ । food problem नेपाल खाद्य संस्थान धनगढी शाखाका अनुसार, बाजुराको कोल्टी र मार्तडी डिपोका लागि २२ हजार क्विन्टल, बझाङ्गको चैनपुर र बिसौनी डिपोका लागि २ हजार ५०० क्विन्टल, र अछामको मङ्गलसेन, कमलबजार तथा विनायक डिपोका लागि १ हजार ५०० क्विन्टल चामलको कोटा छुट्याइएको छ । यसैगरी बैतडीको पुर्चौडीहाट डिपोका लागि १ हजार ५०० क्विन्टल र दार्चुलाको पारीबगर, खण्डेश्वरी, सुनसेरा डिपोका लागि ४ हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको शाखा प्रमुख डिल्लीराज लम्सालले बताएका छन् । हुम्लाको श्रीनगर डिपोका लागि १ हजार ७०० क्विन्टल, हुम्ला सदरमुकाम सिमिकोट डिपोका लागि ६०० क्विन्टल, मुगु सदरमुकामका लागि १ हजार क्विन्टल चामलको कोटा छुट्याइएको छ । बाजुरा जिल्ला र हुम्ला जिल्लाको श्रीनगरमा गत वर्षको भन्दा चालु वर्षमा चामलको कोटा बढाइएको छ । गतवर्ष बिक्री वितरणका लागि पठाइएको चामल बिक्री हुन नसकेपछि अछाम जिल्लामा भने यसवर्ष चामलको कोटा घटाइएको छ । यी जिल्लामा कोटाको चामल आपूर्तिका लागि ठेकेदारसँग सम्झौता भइसकेकाले आगामी असोजको पहिलो हप्ताबाट आपूर्ति सुरु गरिने शाखा प्रमुख लम्सालले बताएका छन् । बझाङ जिल्लामा अहिले पनि ३०० क्विन्टल चामल मौजात रहेको तर त्यहाँ खाद्यान्य अभाव भएको भनेर सञ्चार माध्यमबाट प्रशारित समाचार असत्य रहेको दाबी उनले गरे । त्यसका साथै अनुदानको चामल महँङ्गो भएको भन्ने स्थानीय बासिन्दाको गुनासोलाई मध्यनजर गर्दै आपूर्ति हुने कोटाको चामल खपत गराउन र नजिकिँदै आएको चाडपर्वमा राहत दिन बाजुराको कोल्टी बाहेकका डिपोमा चामलको मूल्य साविकको भन्दा घटाइएको छ । संस्थानले प्रतिकिलो रु ४१ मा बिक्री वितरण हुँदै आएको कोटाको चामलको बिक्री मूल्य घटाएर रु ३७.०५।– पु¥याएको लम्सालले जानकारी दिए । खाद्यान्य अभाव हुने कतिपय स्थानमा संस्थानका डिपोबाट ढुवानी अनुदानमा बिक्री हुने चामल स्थानीय बजारमा पाइने चामलको मूल्य भन्दा महँगो हुने गरेको जनगुनासो आइरहेको थियो ।

Abhab food problem gorkhama kath abhab Jumla

विशेष